सिरहामा विद्युतीय पुस्तकालय

682
views

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले विद्युतीय पुस्तकालय स्थापना गरेको छ । धनगढीमाई नगरपालिका– ९ मा सो पुस्तकालय स्थापना भएको हो ।

कम्युनिस्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व जयगोविन्द साहको स्मृतिमा ‘जयगोविन्द साह स्मृति पुस्तकालय’ नाम राखिएको सो पुस्तकालय सिरहा जिल्लाकै पहिलो विद्युतीय पुस्तकालय भएको बताइएको छ ।

पुस्तकालयमा दर्शन, साहित्य, विज्ञान, कलालगायतका विभिन्न विषयका १३२ पुस्तकसहित तीन थान कम्प्युटर राखिएको छ । अनलाइनमार्फत ती कम्प्युटरबाटै विभिन्न पुस्तक हेर्न सकिन्छ ।