सरस्वती निकेतन २५ औँ वर्षमा रजत जयन्ती मनाउँदै

1395
views

अजय पौडेल नवलपुर, भदौ– २१   सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालय अजय गैँडाकोट १ ले २५ औँ वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।

यस वर्ष भरिनै विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउन थालेको विद्यालय परिसरमा विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विद्यालयका प्रिन्सिपल तथा संस्थापक भरतबाबु कंडेलले शुक्रबार नै विशेष कार्यक्रम आयोजना गरी दश लाख ५० हजारको अक्षय कोष स्थापना गरी अति विपन्न दलित सीमान्तकृत समुदायका बालबालिकाहरु एवं मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरीने बताउनुभयो । निकेशबाबु कंडेलको शुभ संकल्पमा स्व. फत्तेबहादुर कंडेलको स्मृतिमा स्थापित छात्रवृत्ति अक्षयकोषले सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित हुने बताइएको छ । शुक्रबार मिलन चोक गैँडाकोट १ को वडा कार्यालय परिसरमा हुने कार्यक्रमबाटै यस पटक गैँडाकोट १ को नेराश मावि र नवदुर्गा निमाविका ६÷६ जना विद्यार्थीलाई १०÷१० हजार छात्रवृत्ति प्रदान गरिने प्रन्सिपल कंडेलले बताउनुभयो । रजत जयन्तीको कार्यक्रम अन्तर्गत भोली विहान नै ज्येष्ठ नागरिकहरुलाइ गोपेश्वर शिवालय गैँडाकोट २ मा फल फूल वितरणको कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका सञ्चालक अध्यक्ष गणेश सापकोटाले शैक्षिक क्षेत्रको गुणस्तरीयता विकासका लागि छात्रवृत्ति, मण्टेश्वरी तालिम, शैक्षिक विकासकालागि सहयोग, समन्वयकारी भूमिका सम्पूर्ण कार्य सरस्वतीले गर्ने योजनाका साथ विद्यालय अघि बढेको बताउनुभयो । गैँडाकोट नगरपालिका भित्रकै उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यालय मध्ये सरस्वती निकेतन उत्कृष्ट विद्यालय भएको बताउनुभयो । सापकोटाका अनुसार विज्ञान तथा व्यवस्थापन संकायमा गत शैक्षिक सत्रमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताउनुभयो । रजत जयन्ती प्रचार प्रसार उपसमितिका संयोजक कमल तिवारीले विजय एफ एम संग कुराकानी गर्दै विहिबारबाट नै रजतजयन्तीका कार्यक्रम सुरु भएको बताउनुभयो । तिवारीले फागुन ७ गतेसम्म सात महिनामा शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद, साहित्यीक कार्यहरुको प्रवर्धन गर्नाका साथै विद्यार्थीहरुको सर्वागिंण विकासका लागि विभिन्न कार्यक्रमको आयोजना गरको बताउनुभयो । विद्यालयका शिक्षक लक्ष्मण कंडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा विजय एफ एमका स स्टेशन म्यानेजर श्रीधर उपाध्याय, प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमाल देव पंगेनी, प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण शर्मा लगायत चितवन तथा नवलपरासीका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।