एकाएक पिएन क्याम्पसमा हर्सोलासमय वातावरण बन्यो !

1370
views

सबिता शर्मा
पोखरा । गण्डक प्रदेशमा रहेको पिएन क्याम्पसको सुनसान वातावरण आईतबार साँझतिर एकाएक हर्सोल्लासमय बन्यो । धेरै विद्यार्थीहरुको आगमन हुने उक्त क्याम्पसमा महिला दिदीबहिनीहरुको जमघट भयो ।

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस एकाइ कमिटि पोखराले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीजे दर खाने कार्यक्रममा उपस्थित सहभागीहरुले पिएन क्याम्पसको वातावरणलाई खुसीयुक्त बनाएको हो ।

कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य दिलु पन्तले पार्टीभित्र न्याय स्थापित गर्न लागिपरेको बताईन् । उनले महिलाहरु एकजुट भएर अधिकार स्थापनामा लाग्नुपर्ने बताईन् । नारी हिंसाका गतिविधि बढेकोमा उनले असन्तुष्ट व्यक्त गरिन् ।

युवा संघकी पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेकी उनले विद्यार्थीहरु पढाईसँगै राष्ट्र निर्माणको अभियानमा लाग्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुली गरेका थिए । उनले नेकपाको दुई तिहाई बहुमत सरकारले एकवर्ष पुग्न लाग्दा समेत जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा समृद्ध मुलुक निर्माण अभियानमा होमिएका विद्यार्थी

कै टाउको निहुराउनुपर्ने अवस्था आउन लागेको बताए ।

क्रान्तिकारी क्याम्पस एकाई कमिटि संयोजक बसन्त भट्टचनले सञ्चालन गरेको कार्यक्रममा अखिल विद्यार्थी नेता सन्तोष न्यौपानेले स्वागत गरेका थिए भने पोखरा महानगरपालिका वडा नंं–१ अध्यक्ष शारदा पराजुली, अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव प्रविना अधिकारी, अखिल केन्द्रिय सचिवालय सदस्य सरिता पुरी लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले तीज भड्किलो नभई समय सापेक्ष हुनुपर्ने सन्देश प्रवाह गरे ।