प्रस्तावित प्रमुख आयुक्त घिमिरेको संसदीय सुनुवाइ आज

1314
views

काठमाडौं, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविन घिमिरेको संसदीय सुनुवाइ आज हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।

समतितिले घिमिरेबारे उजुरी दिन भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश दिने सूचना आह्वान गरेकोमा उनीविरुद्ध कुनै पनि उजुरी दर्ता भएको छैन ।

संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।