श्रमिक संघ रिभरसाईड स्प्रिङ रिर्सोट इकाई गठन

1648
views

अजय पौडेल, नवलपुर, असोज–४ नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ रिभरसाईड स्प्रिङ रिर्सोट इकाई गठन गरिएको छ । हिजाे रिभरसाईड रिर्सोट कुरिनटारमा कार्यरत कांग्रेस सम्बद्ध मजदुरहरुको भेलाले राम कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा श्रीकृष्ण धिताल, मिना पुन मगर, सचिवमा मोहन थापा, सह–सचिवमा सरोज फुपाल, कोषाध्यक्षमा लिला बहादुर गुरुङ सह–कोषाध्यक्षमा भरीमाय गुरुङलाई चयन गरिएको छ । यसैबीच अन्य सदस्यहरुमा बुद्धि बहादुर थपा, सहदेव बुलन,अरुण तामाङ, र रमेश गुरुङ रहेका छन् । सल्लाहकारहरुमा शिव केसी, कुन्दमान गुरुङ रहेका छन् ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख अतिथि, र उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल ट्रेड यूनियनका केन्द्रिय सदस्य लक्ष्मण भट्टराई, नेपाल ट्रेड यूनियन प्रदेश न. ३ का उपाध्यक्ष घनश्याम चापाँगाई, नेपाल ट्रेड यूनिय कांग्रेस जिल्ला अध्यक्ष हरिहर सापकोटा तथा नेपाल ट्रेड यूनियन केन्द्रिय सदस्य प्रेम प्रसाद पौडेल, नेपाल ट्रेड यूनियन कांग्रेस जिल्ला सचिव रमेश खनाल, नेपाल यातायात श्रमिक संघ जिल्ला अध्यक्ष पालदेन भलान, नेपाली कांग्रेस इच्छाकामनाका संयोजक विष्णु कुंवर वडा न. ५ का अध्यक्ष मोदराज सिलवाल, वडा न ४ होम बहादुर राना, वडा न ७ बम बहादुर राना वडा न ४ का सदस्य तथा गाउँपालिकाकी प्रवक्ता सावित्रि गुरुङ लगायतको अतिथ्यमा भेला सम्पन्न भएको हो ।