विद्यार्थी कुट्ने शिक्षक विरुद्ध किटानी जाहेरी

879
views

नवलपुर, असाोज– ६ पूर्वी नवलपरासीको विकट पहाडी गाउँपालिका अन्तरगत बुलिङटार गाउँपालिका वडा नं. ६ अत्रौली स्थित शिव माध्यामिक विद्यालयका प्रधानाध्याप ओमकुमार श्रेष्ठले ढिलो आएको भन्दै प्रार्थनाको समयमा विद्यार्थी कुटपिट गर्ने प्रधानाध्यापक विरुद्ध किटानी जाहेरी परेको छ ।

कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत खुमन सार्की गम्भिर घाईते भएका छन् । उनको देब्रेकानबाट रगत बगेपछि भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । उनका अभिभावकले शुक्रवार जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएका छन । उनका बुवा बीरबहादुर सार्कीले छोराले कान नै नसुन्ने गरि फुटाईदिएकाले भविश्य नै बर्बाद भएको भन्दै प्रधानाअध्यापकलाई कानुन बमोजिम कारवाही हुनुपर्ने माग समेत गरेका छन् । प्रहरी कार्यालयसंगै शुक्रवार नै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश र अनौपचारिक सेवा केन्द्र इन्सेक नवलपुरमा पनि न्याय दिलाउन भन्दै निवेदन दिएको बीरबहादुरले बताएका छन् ।
गत मंगलबार प्रार्थना चलेको बेलामा बिद्यार्थी ढिलो आएको भन्दै खुमनसहित अरु ९ जना विद्यार्थीलाई प्रधानाध्यापकले कुटेका थिए ।