श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

648
views

बागलुङ,असोज- ६ बागलुङको ताराखोला गाउँपालिका–२ मा सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा ७० वर्षीया श्रीमतीको मृत्यु भएको छ ।

शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताउनुभयो ।