विष्ट दोषी भए कारबाही हुन्छ– महानिरीक्षक खनाल

953
views

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार तथा हत्यापछि उत्पन्न परिस्थिति र दोषी पत्ता लाग्न नसक्दा प्रहरी संगठनका राम्रा काम छायाँमा परेको बताए । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक खनालले यस्तो बताएका हुन् । उनले आफूले नेतृत्व गरेपछि प्रहरीको चेन अफ कमान्ड दरलो र गर्विलो भएको दाबी पनि गरे ।

सत्तारुढ नेकपाकै सांसद झपट रावललगायत विपक्षी सांसदले प्रहरी चेन अफ कमान्डमै प्रश्न उठाएका थिए । निर्मला प्रकरणमा स्थानीयस्तरको प्रहरी कमान्डर गैरजिम्मेवार देखिएपछि फिर्ता गरी निलम्बन गरिएको र दोषी भएको प्रमाण जुटे कारबाही हुने खनालले बताए ।

एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्दा संगठनको मनोबल गिर्ने भएर प्रहरी नेतृत्वले जोगाएको भन्दै सांसदले लगाएको आरोपमा महानिरीक्षक खनालले भने, ‘विष्ट खतरनाक अपराधी हो भनेर प्रमाणसाथ प्रस्तुत गर्न पाए मलाई पनि टन्टै साफ हुन्थ्यो ।’