गुल्मीमा दुईदिने मेघा हेल्थ क्याम्प

1835
views

गुल्मी, १२, असोज । बिश्व मुटुरोग दिसका अवसरमा लायन्स क्लब अफ काठमाडौ लडँ बुद्धको आयोजनामा गुल्मीे सदरमुकाम तम्घास स्थित महेन्द्र माविमा २ दिने मेघा हेल्थ क्याम्प शुरु भएको छ ।

सो क्याम्पमा अत्याधुनिक उपकरण सहित बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा.प्रकाश रेग्मी, पुर्ब प्रहरी महानिर्देशक डा. दिनेशचन्द्र पोख्रेल सहित ६ जना बिशेषज्ञ डाक्टर र मेडिकल टिमको सहभागिता रहेको छ ।

क्याम्पमा शसस्त्र प्रहरी बलका आईजिपि शैलेन्द्र खनाल सहित गृह मन्त्री रामबहादुर थापा समेत सहभागीहुने आयोजकाले जनाएको छ ।

दइृहजार भन्दा बढी बिरामीहरुले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको सो क्याम्पमा करिब तीसलाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य परिक्षण गरिने आयोजक लडँ बुद्धले जनाएको छ ।