किशोरी हत्या प्रकरण: अनुसन्धान अझै अनुत्तरित

1095
views

काठमाडौं असाेज–१५ कञ्चनपुर भीमदत्तकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो । राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्योल भन्ने मुख्य प्रश्न अनुत्तरित छ ।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्योल । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो । प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीको टोली अहिले पनि कञ्चनपुरमा छानबिनमै छ । तर निर्मलाको बलात्कारपछि कस्ले हत्या गर्यो भन्ने सानो सुराक समेत सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।
गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । आरोपी र शंका गरिएका प्रमुख एसपी डिल्लिराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरियो र तर नतिजा नेगेटिभ आयो ।
सबैको प्रश्न एउटै छ– अनुसन्धान अब कता ? प्रहरी आरोपी छ । प्रहरीकै विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिँदा त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ । घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसक्नु भनेकै गम्भीर लापरबाही हो । जानकारी हुनेबित्तिकै घटनास्थलमा प्रहरी नपुग्नु, निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोइपखाल्न लगाउनु, निर्मलाका कपडा शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरबाही गरेको प्रष्ट्याउँछ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र घटनास्थलमा खटिएका अन्य प्रहरीको लापरबाहीले गम्भीर आशंका उब्जिएको हो । यी प्रश्नका जवाफ अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृहले दिन सकेको छैन ।
गृहका सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानविन समितिले मुख्य अभियुक्त नठहर्यािई प्रतिवेदन बुझायो । गृहमन्त्रीले छानविन निष्कर्षमै नपुगी हतारमा प्रतिवेदन बुझे । उनले घटनामा प्रहरी चुकेको र गम्भीर लापरबाही गरेको बताउँदै आएका छन् ।
प्रहरीले कसको निर्देशनमा घटनालाई सामान्य रूपमा लियो ? गृहले मैनाली प्रतिवेदन गोप्य राखेको छ । पीडित परिवारले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा पनि सार्वजनिक गरिएको छैन ।
छानबिन समिति सदस्य वीरेन्द्र केसीले बीचमै समितिमा नबस्ने भन्दै राजीनामा घोषणा गरे । पछि समितिमै फर्किए । उनले भनेका थिए, ‘मलाई मोटरसाइकलमा आएका केटाहरूले ज्यान लिने धम्की दिए । मलाई गाह्रो छ ।’ प्रहरीले केसीलाई धम्क्याउने व्यक्ति अझै पत्ता लगाउन सकेको छैन । किन केसीलाई छानविन नगर्न दबाब दिइयो भन्ने कुरा अझै गौण छ ।
आइतबार मात्रै केसी चढेको गाडीमा आक्रमण भएको छ । त्यो आक्रमण कसले गर्योय ? प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न किन तदारुकता देखाएन ?
निर्मलाको शव जलिसकेको छ । जहाँ शव फेला परेको थियो, त्यो ठाउँ पहिलेजस्तो छैन । निर्मलाकी साथीको घरमा रंग पोतिएको छ । नयाँ शिराबाट अनुसन्धान गर्दा प्रमाणित वस्तु सुरक्षित छैन । कञ्चनपुरमा अझै आन्दोलन रोकिएको छैन । निर्मलाका बाबुआमा ‘छोरीको हत्यारा खोई ? ’ भन्दै सरकारमाथि प्रश्न तेर्साइहेका छन् ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुरमै पुगेर नालायक नेतृत्वका कारण निर्मला हत्याका अभियुक्त पक्राउ पर्न नसकेको भाषण गरे । तर प्रहरीको मुख्य नेतृत्वले गर्नुपर्ने सुपरीवेक्षणमा स्वयं उनी चुके । एसपी विष्ट विवादित व्यक्ति हुन् भन्ने पूर्व जानकार रहेको प्रहरी मुख्यालयले जिल्लाको इन्चार्च किन बनायो ? भीडले आक्रोश पोखेपछि मात्रै विष्टलाई र अन्य प्रहरी अधिकृतलाई किन निलम्बित गरियो ? यो कार्य प्रहरी मुख्यालयले पहिल्यै गर्न सक्थ्यो ।
६६ दिन पार गरिसक्दा पनि घटनाको दोषी फेला नपर्दा अब अनुसन्धान कता मोडिन्छ भन्ने प्रश्न खडा भएको छ । पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी निर्मला हत्या प्रकरणमा अनुसन्धानको केन्द्र नै के हो भन्नेबारे अलमल देखिएको बताउँछन् । ‘अनुसन्धान भीडले हुँदैन । पहिला अनुसन्धानको मुख्य पाटो
केलाउनुपर्यो । भीडले जस्लाई भन्यो, उसलाई निलम्बन, छानबिन र डीएनए परीक्षण गरेर साध्य हुन्छ ? ’ ठकुरी भन्छन्, ‘अनुसन्धानमा खटिएका टोली पूर्ण स्वतन्त्र हुनुपर्छ । तर अझै त्रासमा राखिएको छ ।’
ठकुरीले राम्रो नियतले अनुसन्धान गर्दा निलम्बनमा परिने डर पहिल्यै पैदा गरियो भने त्यसले राम्रो रिजल्ट नआउने बताए । अंक गणीतीय अभ्यासजस्तो यो घटना ठ्याक्कै यही दिन पत्ता लाग्छ भन्ने आम बुझाइ सरकारले चिर्न नसक्दा निर्मला हत्या प्रकरण लम्बिएको बताए । अन्नपुर्ण पोष्ट