इमान्दार अट्टो चालकलाई ट्राफिक प्रहरीको सम्मान

817
views

अजय पौडेल,असोज १५ चितवनमा एक अट्टो रिक्सा चालकले अटोमा छुटेको यात्रुको सुन र नगदसहितको झोला सम्बन्धीत धनीलाई बुझाएका छन् । भरतपुर २२ पटिहानीका हरिसंकर परियारले आफैले चलाउने ना २ ह १८०८ नम्बरको अट्टोमा छुटेको झोला हाकिमचोक मित्र मार्गका क्षेत्र कुमार खरेललाई बुझाउनुभएको हो ।

झोलामा ३ तोला सुन, ५ हजार नगद र करिब ४० हजार बराबरको कपडा रहेको बताईएको छ । लंकुबाट हाकिमचोक आउने क्रममा अटो चडेका खरेलले सो झोला अटोमै छाडेका थिए । लगत्तै झोला हराएको भनेर उनले प्रहरीमा खवर गरेका थिए । उता अटो चालक परियारले भने झोला धनी उत्रिको स्थानमा पुगी सामान बझाउनुभएको हो । चालक परियारले झोला देखेपछि खरेल ओर्लीएको स्थानमा पुगी तत्काल झोला फिर्ता गरेको हु, उहाँले भन्नुभयो झोला बुझाएपछि मर्लाइ धन्यवाद भन्दै उहाँले ५ सय रुपैँया दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालक परियारलाई खादा ओढाएर सम्मान गरेको छ । आईतवार साँझ एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रमुख बेद प्रसाद गौतमले चालक परियारले ईमान्दारीताका साथ उदाहरणीय काम गरेकाले हौसला स्वरुप खादा ओढाएको बताउनुभयो । उहाँले सवै व्यक्ति ईमान्दार भए समाजमा शान्ति सुव्यवस्था आफै कायम हुने भन्दै परियारको प्रसंसा गर्नुभयो ।