प्रधानसेनापति र कतारका राजदुतबीच भेट

802
views

काठमाडौं, १८ असोज । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र नेपालका लागि काठमाडौंस्थित कतार राजदुतावासका राजदुत विन मोहम्द अल हलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति र राजदुतबीच भएको भेटका क्रममा महामहिम राजदुतले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई ज्ञापन गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्र्पक सूचना तथा निर्देशनालयले जनाएको छ ।