प्रधानसेनापति र पाकिस्तानी राजदुतबीच शिष्टाचार भेट

908
views

काठमाडौ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित पाकिस्तान राजदुतावासका महामहिम राजदुत मजहर जाभेदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

भेटमा राजदुत जाभेदले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई ज्ञापन गर्नुभएको थियो । सेनापति राजदुतबिचको भेटमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक सूचना निर्देशनालयले जनाएको छ ।