जिपका छतमा यात्रुको खपत, चाडवाडमा सक्रियता बढेको ट्राफिकको सपथ

1291
views

महेन्द्र जिसी
पर्वत, २१ असोज । चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय पर्वतले सर्वसाधारणका लागि सेवामुखि अभियान सञ्चालन गरेपनि यात्रुका सास्ती भने सुल्झिएको छैन् । सदरमुकामका विभिन्न चोकमा निमित यात्रु सहायता कक्ष सञ्चालन गर्दै आएको कार्यालयले भने दशैं नजिकिदै गर्दा सवारी छतमा यात्रा गराएको छ ।

निमार्णाधिन अवस्थामा रहेको पोखरा बाग्लुङ सडक खण्डमा सवारी जाम, दोविल्ला देखि फलेवास हुँदै रानीपानीसम्म ठूला गाडी थन्क्याउन लगाएर साना गाडीको छतमा यात्रुको लामले यात्रा जोखिमपूर्ण बनेको छ । ग्रामीण भेगका सडक खण्डमा सवारीहरुले छतमा यात्रा गराउन वाध्य हुनुका साथै रसिदको चक्करमा देखिएको ट्राफिकले यात्राको सहजताका लागि काम नगरेको यात्रुले आरोप लगाएका छन् ।

घण्टौंसम्म जाममा परिएको छ, जाम स्थलमा ट्राफिक देखिदैन यात्रामा रहेका गोपाल नेपालीले भने ‘रसिद काटेर मात्र कसरी यात्रा सहज हुन्छ ।’

यता पर्वत यातायात व्यवसायी समितिले समेत प्रहरी कै कारण व्यावसाय चौपट भएको गुनासो गरेको छ । दैनिक ४० बस सञ्चालन गर्दै आएको समितिले ट्राफिकको लापरवाहीकै कारण चाडपर्वमा दुर्घटना घटन सक्ने भन्दै प्रशासन र जिल्ला ट्राफिकलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

सिट पास नभएका जिपहरुले छतमा यात्रा गराईरहेको तर मिनिवस भने थन्क्याउन वाध्य भएको व्यावसायि दुर्गा ठकुरीले बताए । उनले भने ‘जिल्ला ट्राफिक कार्यालय पर्वतले छतमा यात्रा गराउने जिपहरुलाई कार्वाहीसम्म गर्न सकेको छैन् ।’

यता जिल्ला ट्राफिक कार्याय पर्वतले सवारी चेक जाँच र ट्राफिक व्यवस्थापनमा कुनै पनि कसुर बाँकी नराख्ने बताएको छ । जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जिल्लाका सात स्थानीय तहका केन्द्रसम्म सवारी व्यवस्थापन चुस्त दुरुस्त पार्दै आएको बताएका छन् ।

जिल्ला सदरमुकाम कुश्मा देखी दैनीक सयका हाराहारीमा सवारी ग्रामीण भेगमा गुड्ने गरेका छन भने राजमार्गमा दैनीक एक हजार सवारी गुड्ने गर्दछन । प्रहरीले आँफुहरुको सक्रियता बढेको बताएपनि राजमार्गमा देखिने सवारी जाम र ग्रामीण क्षेत्रमा देखिएको छतको यात्राले समग्र जिल्लाको ट्राफिक व्यवस्थापनमा चुनौति खडा गरेको छ ।