विश्वकप टी–२० क्रिकेट छनोटः नेपालले भुटानसँग खेल्ने

617
views

काठमाडौं । मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा भोली नेपालले भुटानसँग खेल्दैछ ।समूहमा लगातार तीन जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल भोलीको खेल जित्दै आफ्नो अग्रता अझै बलियो पार्न चाहन्छ ।

भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ । सात टोली सहभागी एसियाली समुह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छानिनेछन् ।

आफ्ने तेस्रो खेलमा नेपालले हिजो थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो ।