राष्ट्रिय बालिका दिवसको अवसरमा खानिगाउँ मा वक्तृत्वकला सम्पन्न

956
views

सुनिता शर्मा
पर्वत, २६ । आज अक्टोबर ११, अन्तराष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । पर्वतको फलेवास नगरपालिका ५ मा अवस्थित खानिँगाउ महिला सञ्जालले नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । इन्टप्रेड नेपाल र खानिँगाउ युवा महिला सञ्जालकोे आयोजन र इन्पे्रड प्लान नेपाल इन्टरनेशनल नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बर्तमान समयमा महिलाहरुको अवस्था भन्ने विषयमा शिर्षकमा नगरपालिका भित्रका युवा महिला समुहहरु का १२ जना किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा भवानी विद्यापिठ मावि का प्रअ अर्जुनकुमार रेग्मिले बालिका हरुलाइ नेतृत्व तहमा ल्याउनका लागि युवा महिला समुहले आयोजना गरेका त्यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताउनुभयो । साथै किशोरी हरुलाइ समाज का विकृति हरु अन्त्य गर्ने खालका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।

साथै उहाँले बालिका माथि भैरहेका जघन्य अपराधका घटना हरुले भयवित तुल्याएको बताउनुभयो । साथै किशोरी हरु आत्म सुरक्षाका लागि स्वयंम सचेत हुृनुपर्नेमा समेत जोड दिनुभयो ।

समाजलाइ विकसित र समुन्नत बनाउन को लागि पनि युवा महिलाले भुमिका खेल्न सक्नुपर्ने खानिगाउँ युवा महिला सञ्जालकी अध्यक्ष लिवियाना चौहानले बताउनुभयो । साथै उहाँले सामाजिक क्रियाकलापमा शक्रिय हुन सम्पुर्ण युवा महिलाहरुलाइ आग्रह समेत गर्नुभयो ।

हक अधिकारका कुरा उठाइरहदा परिवार,समाज र राष्टको लागि आफुहरुको पनि भुमिका अथवा कर्तव्य छ भन्ने महशुस गर्नुपर्नेमा जोड दिनुभयो । महिला दिदीबहीनीले चाहे भने समाजमा आमुल परिवर्तन गर्न सक्ने बताउदै फलेवास नगरपालिकाकी सामाजिक परिचालिका सुरक्षा लामिछाने ले किशोरीहरु मदिरा नियन्त्रण जुवातास नियन्त्रण र गाउँटोल सरसफाइमा जुट्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै इन्प्रेड नेपालका सामाजिक परिचालक विकास पौडेलले किशोरी तथा वालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि इन्प्रेड नेपालले समय समयमा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । यस्ता अवसरहरुको भरपुर मात्रमा सदुपयोग गर्दै समाजको प्रतिष्ठित तहको नेतृत्व गर्न सक्षम बन्न आग्रह समेत गर्नुभयो ।

प्रतियोगितामा सहभागिले हरुले पछिल्लो समयमा बढ्दै गएको बालिका बलत्कार ,त्यसैगरि छोराछोरी विचको विभेदको अवस्था, घरायसी हिँसाको बारेमा खुलेर आफ्ना भनाइहरु राखेका थिए । बर्तमान समयमा महिलाको अवस्था विषायक बक्तृत्वकला प्रतियोगितामा संगम युवा महिला समुहकी सदस्य अस्मिता भुसाल प्रथम,दित्तिय सिर्जनशील युवा महिला समुहकी सदस्य साधना गौडेल त्यसैगरी दित्तिय स्थान नै मिलनसार युवा महिला समुहका सदस्य सुजिता थापाले हासिल गर्नुभएको थियो ।

तृतीय स्थान आटिघर युवा मजिला समुहका सदस्य आकृती पौडेल हुनुभएको थियो भने सान्त्वना स्थान प्रगतिशील युवा महिला समुहकि सदस्य निर्मला किशानले हात पार्नुभएको छ । खानिगाउँ महिला सञ्जालकी अध्यक्ष लिवियाना चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा महिला सञ्जालका सहसचिब प्रतिभा कुवरको स्वागत मन्तव्य रहेको कार्यक्रम बारे प्रकाश इन्प्रेड नेपालका सामाजिक परिचालक बिकास पौडेलले गर्नुभएको थियो भने सञ्चालन अहिंसाबादि रेडियो पर्बतका समाचार संयोजक सुनिता शर्माले गर्नुभएको थियो ।