विकास निर्माणका काम छोडेर उपचुनावको लफडा हुँदैन–प्रचण्ड

501
views

असोज २६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणको छाडेर बामदेवका लागि उपचुनावको लफडामा नलाग्ने स्पष्ट पारेका छन् । नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको पनि प्रचण्डले स्पष्ट पारे ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेपछि दाहालले यस्तो बताएका हुन् ।

दाहालले केपी ओली नेतृत्वको सरकारको भने खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।