प्रदेश २-विपद् व्यवस्थापन विधेयक प्रमाणीकरण

615
views

जनकपुरधाम– प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले शुक्रबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । ‘विपद् व्यवस्थापन विधेयक, २०७५’लाई प्रदेश २ का प्रमुख कायस्थले प्रमाणीकरण गरेका हुन् । सो विधेयकलाई प्रदेश संसदले पारित गरेसँगै प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य सर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणीकरण गरेका थिए । हालसम्म प्रदेश २ मा कुल १३ वटा विधेयकहरु प्रमाणीकरण भइसकेका छन् ।