क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष राउत घाईते

628
views

काठमाडौं, २८ असोज । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत स्कुटुर दुर्घटनामा परि घाईते भएका छन् । थानकोटदेखी नयाँ वानेश्वर जानेक्रममा आज ढुङ्गेअण्डा भन्ने स्थानमा आफैले चलाएको स्कुटर दुर्घटनामा घाईते भएका हुन् ।

आफैले चलाएको स्कुटर एक्कासि चिप्लिएर दुर्घटना भएको केन्द्रिय कार्यालयबाट लोराज जैसीले जनाएका छन् । अध्यक्ष राउतको बाँया खुट्टामा गम्भिर चोट लागेको छ भने अन्य भागमा सामान्य चोट लागेको अस्पतालले जनाएको छ । राउतको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको थियो । राउतलाई अहिले रेस्टमा राखिएको जैसीले जानकारी दिए ।