नेकपाको सचिवालय बैठक स्थगित

1072
views

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्व निर्धारित सचिवालयको बैठक आजपनि स्थगित भएको छ । आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक सुरु हुने भनिएको केही समय पहिले स्थगित गरिएको हो ।

दुई अध्यक्षबीचको छलफल हुन नसक्दा बैठक स्थिगित भएको हो । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरण प्रकृयाबारे छुट्टै छलफल गर्ने र त्यही रणनीति अनुरूप सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने तयारी नेकपा को थियो ।

सचिवालयका सदस्यहरुको कार्यव्ययस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो। आजको बैठकमा सरकारका कार्यहरुको समीक्षा र पार्टीका बाँकी एकिकरणका मुद्दाबारे छलफल हुने बताइएको थियो । अर्को बैठक भोलि(विहीबार) ११ बजे बस्ने तय भएको छ ।