लेक लागेर काँग्रेस नेताको निधन

1424
views

पोखरा, ७, कार्तिक । मनाङको तिलिचो ताल घुम्न गएका पोखराका एक युवाको लेक लागेर निधन भएको छ । नेपाली काँग्रेस पोखरा ३३ का सह–संयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति सरोज अधिकारीको निधन भएको हो ।

घुम्नका लागि मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीको भनाई छ ।

तिलिचोमा लेक लागेपछि उनलाई हेलिकोप्टरबाट मनिपाल शिक्षण अस्पताल ल्याईएको थियो । अस्पताल ल्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् ।