एकसय आठ वरपिपल रोप्ने तयारी

1044
views

दिपसागर पौडेल
कार्तिक, ११ पर्वत । कुश्मा नगरपालिका–७ खरेहाका उपभोक्ताले एकसय आठ वरपिपलका विरुवा रोप्ने भएका छन् । भड्खोरे सामुदायिक बन उपभोक्ता समितिको एक भेलाले सामुदायिक बनमा वरपिपल सार्ने तयारी गरेको हो ।

पर्यटकिय दृष्टिकोणले चिनाउनका साथै स्वस्थ्यकर अक्सिजन प्राप्तीका लागि एकसय आठ वरपिपलका विरुवा रोप्ने तयारी गरिएको भड्खोरे सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तेज गिरीले जानकारी दिए ।

भेलामा ईलाका बन कार्यलय पर्वतका अधिकृत चुडामणी बरालको समेत उपस्थिति रहेको थियो । बरालले समुदायले वातावरणीय असर न्युनिकरणका लागि वृक्षा रोपण गर्ने निर्णय स्रहानिय रहेको बताए ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले १०८ बर पिपललाई बिशेष गरि मुक्तिनाथसम्मको यात्राका क्रममा आउने श्रद्धालु भक्तजनहरुलाई धार्मिक स्थलका रूपमा स्थापना गरि आन्तरिक एवं बाह्य पर्यटनका रूपमा बिकास गर्न सकिने कुरामा जोड दिए ।

१०८ बरपिपल सार्नका लागिसागर गिरिको संयोजकत्वमा १६सदस्यिय उप समिति गठन गरेको छ । गोबिन्द पौडेल, देवी कुमारी शर्मा, राधा कुमारी शर्मा, सुरेन्द्र पौडेल, बुद्धि बहादुर श्रेष्ठ, दिपकराज पौडेल, नयनाथ गौतम एकनारायण तिमिल्सिना, मिठु क्षेत्री, भरत कुमार श्रेष्ठ, कुलप्रसाद श्रेष्ठ, तिर्थराज शर्मा, महेन्द्र जिसी, दुर्गा सापकोटा र कृष्ण प्रसाद शर्मा रहेका छन् ।

स्थानीयले खरेहामा श्री खरेहा मुक्तिनाथ पार्क निर्माण गरि नेपालकै एतिहासिक सम्पदाको रूपमा चिनाउने तयारीमा लागेका छन् ।