नाम र राजधानी टुंग्याउन आयोग गठन

680
views

जनकपुरधाम । प्रदेश नं २ को सरकारले राजधानी र नामको टुंगो लगाउन आयोग गठन गरेको छ । चौतर्फी आलोचना खेपेको सरकारले राजधानी र नामको निचोड निकाल्न आयोग बनाएको हो ।

प्रदेश नं २ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । आयोगले ४५ दिन भित्र प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा पाएको छ ।