नेपाली कामदार लैजाँदाको खर्च मलेसियाले व्योहोर्ने

670
views

काठमाडौं, १२, कार्तिक । नेपाल र मेलेसियाबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियन समकक्षी एम कुला शेघरानले श्रम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौँको होटल हायतमा भएको सम्झौतामा मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च शुल्क कामदारले तिर्नु नपर्ने भएको छ । मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख गरिएको मन्त्री विष्टले जानकारी दिए ।

त्यस्तै सम्झौतामा मलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्षको हुने र प्रत्येक महिनाको ७ गते तलब पाउने उल्लेख गरिएको मन्त्री विष्ठले बताए ।

नेपाली कामदारका कोही आफन्तको मृत्यु भएका १५ दिनको लागि घर आउने व्यवस्था हुने कुरा पनि सम्झौतामा उल्लेख छ । नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको श्रम मन्त्रालयले जनाएको छ ।

गत जेठ २ गते देखि नेपाल सरकारले मलेसिया जान बन्द गरेको थियो । ‘श्रम सम्झौता हुँदैमा बन्द रहेको मलेसिया खुला भइनहालेको मन्त्रालयले जनाएको छ ।