एसियाली विकास बैँक र सिञ्चाई विभागको टोली अनुगमनमा

1007
views

महेन्द्र जिसी
पर्वत, १४, कार्तिक । धौलागीरीकै सबैभन्दा ठुलो र धैरै हेक्टर क्षेत्रफलमा सिञ्चाई गर्ने फलेवास सिञ्चाई नहरको स्तरबृद्धि तथा मर्मत सम्हार एवं सिञ्चाई प्रणाली व्यबस्थापन कामको अनुगमन गरीएको छ ।

लगानीकर्ता एसियाली विकास बैँक र सिञ्चाई विभागको टोलिले मंगलबार अनुगमन गरेको हो । उक्त आयोजना पाँचकरोड ६६ लाखको लागतमा निर्माणाधिन अवस्थामा छ ।

अनुगमन पश्चात स्थानीयहरुको सक्रियताको बारेमा छलफल गरीएको थियो । लमाए खोला मुहान र खाल्टे खोलाको मुहान रहेको सो आयोजना मुहान देखी १५ सय मिटर लाईनीङ र मुहान १८० मिटर ग्यावीन र चारसय थान जाली भर्ने कामको मुल्याँङ्कन समेत गरिएको छ ।

एसियाली विकास बैंकका प्रमुख दिपक बहादुर सिँहले स्थानीयले अपनत्व लिएर आयोजनाको निरिक्षण गरेको भन्दै आयोजना सन्तोसजनक रहको बताए ।

मुहान देखि खानीगाउँ, देविस्थान हुदैँ मुडिकुवा सम्मको करिब ७ कि.मी. नहरको स्तर बृद्धि तथा आगामी असार २० सम्म निर्माण सम्झौता रहेकोमा सम्झौताको करीव वर्ष दिनपछि विभागले अनुगनम गरेको थियो ।

दुई निर्माण कम्पनीले सम्झौता गरेर निर्माण अगाढी बढाईरहेको आयोजनामा दुवै कम्पनीले २०÷२० प्रतिशत काम सम्पन्न गरीसकेको जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय पर्वतले जनाएको छ ।

मुहानको काम भईरहेको जनाउँदै डिभिजन प्रमुख विदुरमान श्रेष्ठले फेवा कन्सटर्कसनले दुई करोड नौ लाख ७९ हजार बराबरको काम र नयाँ बाटो निर्माण कम्पनीले दुई करोड दुई लाख ९ हजार ७ सय ६ रुपैयाँ बराबरको कामको जिम्मा लिएको जानकारी दिए ।

नहरको स्तर स्टान्र्डर दुवैतर्फ ५१० मिटर आरसिसि, ५० मिटर एका तर्फमात्र आर.आर.मेसनरी निर्माणका साथै आउटलेट फुट स्लेव निर्माण भईरहेको श्रेष्ठले बताए ।

अनुगमन टोलिमा आयोजना प्रमुख नुर बहादुर खाँ, प्रदेश उपसचिव हरिदत्त पौडेल, सिञ्चाई विभाग उपसचिव श्रीधर ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले आयोजनाको काम सन्तोषजनक रहेको जनाएके छ । अनुगमन पछि उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा फलेवास सिँचाई आयोजनाका अध्यक्ष भवानी प्रसाद श्रेष्ठले वर्षाको मौसममा पनि निर्माण कम्पनीले काम गर्दा कमजोर हुने सम्भावना देखिएको संकेत गरेका थिए ।