नेपाली सेनालाई व्यवसायिकरण गर्नुपर्नेमा जोड

725
views

काठमाडौं । नेपाली सेनाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यहरुलाई सेना सम्बन्धि समसामयिक प्रस्तुतिकरण दिएको छ ।

जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेना सम्बन्धी समसामयिक विषयमा प्रस्तुतिकरण गरिएको हो । सो कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्रि इश्वर पोखरेलको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना र सेनाको संगठन तथा नीति नियम सम्बन्धी जानकारी गराइएको थियो ।

सो अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नुपर्ने विषयमा छलफल समेत भएको थियो ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति शशि श्रेष्ठ र उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेलले मन्तव्य राखेका थिए ।

कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।