राष्ट्रपति मैत्रिपाला सिरिसेनाद्वारा संसद भंग

792
views

काठमाडौं – श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । बीबीसीका अनुसार श्रीलंकामा चलिरहेको राजनीतिक संकटकाबीच सिरिसेनाको संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ । जसको आधिकारिक सूचना जारी भइसकेको छ र अब जनवरीमा आम चुनाव हुनसक्ने सम्भावना छ ।

यद्यपि, उनको आदेशका विरुद्ध सर्वोच्च अदालतमार्फत् चुनौती दिनसक्ने विकल्प बाँकी नै रहेको बताइएको छ । उता प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रानिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी (यूएनपी)ले राष्ट्रपतिसँग यस्तो निर्णय गर्ने शक्ति नभएको प्रतिकृया दिएको छ ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमासिंघे र उनको मन्त्रिमण्डललाई बर्खास्त गरेर पूर्वराष्ट्रपति महिंदा राजापक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए ।

उनको पार्टी युएनपीका सांसद अजित परेराले संसदलाई भंग गर्ने कदम अवैध भएको भन्दै यो रद्द हुने विश्वास व्यक्त गरेका छन् । बीबीसीसँगको कुराकानीमा उनले भने, ‘हामी निर्वाचन आयोगसँग देशमा रक्तपातपूर्ण संघर्ष्बिना शान्तिपूर्ण तरकािले यो मुद्दाको समाधान गर्न अनुरोध गर्दछौं ।’