जनआन्दोलनका कमाण्डर लौहपुरुष सिंहको जन्मजयन्ती

615
views

काठमाडौँ, २४, कात्तिक । वि.सं. २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४ औँ जन्मजयन्ती मनाइएको छ ।

जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा कार्यक्रमको आयोजना गरेको थियो कार्यक्रममा स्व. सिंहको योगदानको चर्चा गरियो । सो अवसरमा सिंहको शालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले स्व सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता भएको बताए ।