पञ्चासे केवुलकारः स्थानीयलाई तीन अर्ब शेयर अधिकार

708
views

पोखरा । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थलमा रहको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार पोखरा महानगरपालिका–२३ डुडेको फाटँबाट निर्माण हुन लागेको हो ।

पञ्चासे केबुलकार टुर्स कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

गण्डकी प्रदेशको गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुनलागेको केबुलकारमा स्थानीयवासीले तीन अर्ब शेयर अधिकार पाउने भएका हुन् ।

डुडे फाटँ– पञ्चासेसम्मको केबुलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ । लगानी १० अर्ब अनुमान गरिएको छ ।

पञ्चासेको प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले शेयर अधिकार पाउने भएका हुन् । केवलकार निर्माणले पञ्चासेको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भुमिाका खेल्ने छ ।