निर्मला पन्त हत्या प्रकरणः अनिश्चितकालिन धर्नामा आमाबुवा

962
views

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै उनका बुआमा अनिश्चितकालिन धर्नामा बसेका छन् ।

आइतबारदेखि निर्मलाका बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । कञ्चनपुरमा पुनः आन्दोलन सुरु भएको छ ।

‘सरकारले अहिलेसम्म छोरीका हत्यारा सार्वजनिक गरेको छैन’, निर्मलाका बाबु यज्ञराज पन्तले भने, ‘यो धर्ना अनिश्चितकालिन हो, निर्मला सबैकी छोरी हो, छोरीको हत्यारा सार्वजनिक नहुन्जेलसम्म धर्ना बस्छु धर्ना रोक्दिन ।’  धर्ना प्रशासनको गेट बाहिर बसेका हुन् ।

गत साउन १० गते १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । धर्नामा महेन्द्रनगरका अधिकारकर्मी र नागरिक समाजले पनि साथ दिएका छन् ।