बंगलादेशसँग नेपाली महिला फुटबल टोलीको प्रतिष्पर्धा

564
views

काठमाडौं । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि एशिया क्षेत्रीय छनोट अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह सी मा रहेको नेपालले एसिया छनौटको दोस्रो चरणमा आज थुवुना रंगशालामा नेपाली समय अनुसार सबा दुई बजेदेखि प्रतिष्पर्धा गर्दैछ ।

नेपाललाई आज जित्नैपर्ने दबाव छ । समूहमा यसअघिका दुई खेलमा नेपालको दुई अंक छ । नेपालले आयोजक म्यानमारसँग र बलियो टोली भारतसँग समान एक एक गोलको बराबरी खेलेको थियो ।

समूहको विजेता र उपविजेतासँगै पहिलो चरणका चारमध्ये उत्कृष्ट तेस्रो हुने दुई टोली दोस्रो चरणका लागि छानिनेछन् । त्यसैगरी आयोजक म्यानमारले भारतसँग पनि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ । अर्को चरणमा पुग्न नेपालले बंगलादेशबिरुद्धको खेल जित्नैपर्ने हुन्छ ।