जिल्ला प्रशासन कार्यालय पर्वतमा स्वास्थ्य परामर्श सेवा

635
views

महेन्द्र जिसी
कार्तिक, २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतमा स्वास्थ्य परामर्श सेवा शुरु भएको छ । हरेक हप्ताको वुधवार स्वास्थ्य परामर्श सेवा सञ्चालन हुने जनाइएको छ । बुधबार देखी जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई स्वाथ्य परामर्श सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

महिलालाई आफ्ना सन्तानलाई दुध चुसाउन सहज होस् भनेर स्तनपान कक्ष पनि शुरू गर्न लागेको पनि ढकालले जानकारी दिदैं भने ‘जिल्ला प्रशासन कार्यालयलाई सेवामैत्री बनाउने क्रममा स्वास्थ्य परामर्श सेवा र स्तनपान कक्ष बनाउन थालिएको हो ।’

कार्यालयमा सामान्य स्वास्थ्य समस्याका लागि औषधी वितरण पनि शुरु गरिने भएको छ । सेवाग्राहीलाई दैनिक प्रशासनिक सेवा सहित स्वास्थ्य परामर्श दिँदा दुईवटा सेवा एकैपटक पाउने अवसर प्राप्त हुने हेल्थ असिस्टेन धनमाया पुनले वताईन् ।