बुद्ध सन्देश डटकम औपचारीक रुपमा संचालनमा

703
views

निर्मल पौडेल
पर्वत, २९ कार्तिक । रुद्र मिडिया प्रालि द्धारा संचालित बुद्ध सन्देश डटकम अनलाईनको कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ । विहिबार सदरमुकाम कुश्मा बजारबाट औपचारिक रुपमा प्रतिनिधि सभाका सांसद पदम गिरीले एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

कुश्मा नगरपालिका वार्ड नं ५ मा रहेको कार्यालयको औपचारीक रुपमा उद्घाटन गर्दै प्रतिनीधि सभाका सांसद पदम गिरीले सञ्चार माध्यमलाई परिवर्तनमुखी र जनमुखी बनाएर लैजानुपर्नेमा जोड दिए ।

उनले मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै मुलुकमा सञ्चार माध्यमहरुको भूमिका पनि बढ्दै गएको बताए । उनले निर्भयका साथ पत्रकारीता गर्न र सकरात्मक पक्षलाई उजागार गर्दै नकरात्मकता तर्फ उन्मुख क्रियाक्लापलाई खवरदारी गर्नुपर्ने अवस्थामा सञ्चार जगत उभिनुपर्ने बताए ।

रुद्र मिडिया प्रा.लि.का अध्यक्ष अनिरुद्र सुवेदी जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत गण्डकी व्यूरो प्रमुख गोविन्द अधिकारी र सञ्चालन कार्यकारी सम्पादक राजबाबु पिसीले गर्नुभएको थियो भने सम्वाददाता समिता गौतमले शुभकामना व्यक्त गरेका थिए ।

बुद्ध सन्देश डटकम सत्य, तथ्य र निश्पक्षतामा जोड दिई शान्ति र समृद्धिको अभियानमा सधै साथ दिने अध्यक्ष अनिरुद्र सुवेदी जोशीले बताए ।