दलाई लामा र अमेरिकी सांसदबीचको भेटमा चीनको आपत्ति

707
views

एजेन्सी – अमेरिकी सांसदको प्रतिनिधिमण्डलले आध्यात्मिक गुरु दलाई लामालाई भेटेको भन्दै चीनले आपत्ति जनाएको छ । भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामालाई भेटेपछि चीनले आपत्ति जनाएको हो । अमेरिकाले संसारलाई गलत सन्देश दिन खोजिरहेको चीनले दाबी गरेको छ । एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको अमेरिकाले यस्ता गतिविधि गरेर गलत काम गरेको चिनियाँ भनाइ छ । स्वतन्त्र तिब्बतलाई समर्थन नदिने वचन दिएको अमेरिकाले दलाई लामासँग भेटेर गल्ती गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बताए । अमेरिकी सिनेटमा डेमोक्याट्रिक पार्टीकी नेता नान्सी पेलोसीको नेतृत्वमा कंग्रेसका द्विसदस्य प्रतिनिधिमण्डलले हिमाचल प्रदेशस्थित धर्मशालामा ८१ वर्षीय आध्यात्मिक गुरु लामालाई भेटेका थिए । सुआङले भने, ‘दलाई लामा स्वतन्त्र तिब्बत चाहने समूहका प्रमुख नेता पनि हुन् ।’