नेपालमा ८ लाख ८२ हजार बढी पर्यटक भित्रिए

1091
views

काठमाडौं । यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा यस वर्षकै धेरै एक लाख ९ हजार सात सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०१७ मा नै पर्यटक आगमन १० लाख पुग्ने आँकलन गरे पनि उक्त अनुमान अनुसार पर्यटक आगमन भने भएन । सन् २०१७ मा वर्षभरीमा कुल ९ लाख ४० हजार दुई सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल भ्रमण गर्ने सबैभन्दा बढी पर्यटक छिमेकी भारत र चीनबाट आएका छन् । सन् २०१८ को दश महिनामा भारतबाट १ लाख ६१ हजार नौ सय ६३ पर्यटक नेपाल भित्रिएका छन् कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च छ ।