सवारी दुर्घटनामा मृत्यु

663
views

शोभा जिसी
नवलपुर, १० मंसिर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ वन कार्यालय अगाडि लु ३ त ८११३ नम्बरको ट्याक्टरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह २१९ नम्बरको अटो रिक्सा ठक्कर खाँदा अटो रिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी निवासी वसन्त पल्ली मगरको घटना स्थलमै मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी अटोरिक्सामा सवार सदी निवासी ३२ बर्षीय भिमबहादुर सारु मगर गम्भीर घाइते भएका छन् । उनको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकृत प्रहरी नायव उपरीषक लिलाराज लामिछानेले बताए ।