अन्तिम चरणमा घलेम्दी खोला जलविद्युत आयोजना

1118
views

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माणको अनितम चरणमा पुगेको छ । चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तिव्र पारिएको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत काम सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी दिए । इन्टेक, सुरुङ, पेनस्टक पाइप जडान र विद्युत गृह निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

इन्टेकको काम ९५ प्रतिशत काम सकिएको छ । सुरुङको फिनिसिङको कामलार्य तिव्र पारिएको छ । विद्युत गृहको निर्माण पछि भारतीय प्राविधिकहरु आएर इलोक्ट्रोमेकानिकल जडान गर्ने छन् ।

उक्त आयोजना जिल्लाका उद्योगी व्यवसायीहरुको लगानीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । आयोजना सम्पन्न भएपछि म्याग्दीमा उर्जा क्षेत्रमा लगानीको विश्वास जाग्ने घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालक सदस्य राजेश शाक्यले बताए ।

करिब एकअर्व १५ करोड लागतमा अयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ । आयोजनाको विसं २०७१ बाट निर्माण कार्यको थालनि गरिएको हो ।