निर्मलाका बाबुआमालाई बाबुरामले गरे आर्थिक सहयोग

466
views

काठमाडांै । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

सोमबार शिक्षण अस्पतालमा भर्ना गरिएका यज्ञराज पन्तलाई भेट गरी उपचारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्् । सो रकम नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकहरुले पठाएका थिए ।

सो अवसरमा भट्टराईले न्यायको आन्दोलनमा आफू साथ रहेको बताएको पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जानकारी दिए ।