प्रधानसेनापति गण, बाहिनीको निरिक्षणमा

527
views

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा निरिक्षण भ्रमणमा रहेका छन् । थापाले यहि मंसिर १० गते सिन्धुली जिल्लास्थित श्री नं.९ बाहिनी अड्डा, रामेछाप जिल्लास्थित श्री नन्दाबक्स गण र श्री रणभीम गण अन्तरगत रहेको सुरक्षा बेश जिरीको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा थापाले बाहिनी, गण तथा सुरक्षा बेशको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्दै सकलदर्जालाई सम्बोधन गरेका छन् ।

प्रधान सेनापति थापा आज दोलखा जिल्लास्थित श्री रणभीम गणमा मुकाम रही ११ गते सोहि गणको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुनेछन् ।