कम्बोडियाका प्रधानमन्त्री हुनसेन काठमाडौंमा

1307
views

काठमाडौं । भोलीदेखी शुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन् । सेनलाई सरकारका उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

सेनलाई विशेष सुरक्षा सहित सोल्टी होटलमा लगिएको छ । मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन् । मसिंर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन् ।

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ ।

सोही कार्यक्रममा सहभागी हुन म्यानमारकी विदेश मन्त्री आङ साङ सू की पनि काठमाडौं आइपुगेकी छन् ।