सरकारले आत्मसमिक्षा गर्नुपर्दछः प्रवक्ता श्रेष्ठ

770
views

विराटनगर, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले परिणाममुखी काम गर्न नसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले सरकारले गम्भिर रुपमा आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उनले देशको वर्तमान परिस्थितिमा परिणाममुखी काम गर्न आवश्यक रहेको बताउँदै सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए । श्रेष्ठले अहिले नै सरकारको मूल्याङकन गर्ने बेला नभईसेकेको पनि स्पष्ट पारे । उनले भने, ‘सरकारको कामको मूल्याङन गर्ने भन्दापनि कामको समीक्षा गर्न आवश्यक रहेको छ ।