प्रियंकाको पहिलो नेपाली फिल्म ‘पाहुना’ ट्रेलर रिलिज

1072
views

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक नेपाली फिल्ममा हात हालेकी छिन् । चोपडाले निर्माण गरेको पहिलो नेपाली फिल्म ‘पाहुना द लिटिल भिजिटर्स’ हो ।

फिल्मको अफिसियल ट्रेलर लञ्च भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको समाचार फिल्मि खबरमा छ । पाखी ए टायरवाला निदेर्शित फिल्म ७ डिसेम्बर, २०१८ मंसिर २१ मा रिलिज हुँदैछ ।

एक बालकले आफ्ना दुई भाई–बहिनीका लागि गरेको संघर्ष उक्त ट्रेलरमा देखाइएको छ । फिल्मलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । फिल्मले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ ।

जर्मनीमा गएको महिना सम्पन्न श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवलु मा ‘पाहुना’ ले अन्तर्रा्ष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म जुरी च्वाइस र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको फिल्ममा अभिनय छ ।