काँग्रेस महासमिति बैठकको तयारी तिव्र

514
views

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको महासमिति बैठकको तयारीलाई तिव्र पारेको छ । अन्तिम चरणमा पुगेको जनाएको छ । काँग्रेसले यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको छ । बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा सांठानिक प्रस्ताव समिति गठन गरिएको थियो ।

यस्तै काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो ।

विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन । काँग्रेसले पदाधिकारी संख्या बढाउने–नबढाउने, पदाधिकारी निर्वा्चित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ ।

महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने पार्टी कार्यालयले जनाएको छ ।