जन्ती बोकेको स्कारपियो र बस ठोक्किदा ६ को मृत्यु

511
views

दाङ –जन्ती बोकेको स्कारपियो जीप र बस एक आपसमा ठोक्किँदा दाङमा ६ जनाको मृत्यु भएको छ । दुईजना गम्भिर घाइते भएका छन् ।

चितवनबाट जन्ती लिएर बाकेको शमशेरगन्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बा ५ ख ४०९० नम्बरको बस देउखुरीको रिहार भन्ने स्थानमा एकआपसमा जुधेका हुन् । दुर्घटनामा परी स्करपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मृत्यु हुनेहरु स्कारपियोमा सवार ४५ वर्षीय विश्वनाथ अधिकारी, ५ बर्षिय प्रवीन केसी, ५३ वर्षीय मानवहदुर केसी, ३१ वर्षीय दिपकुमार खड्का, ४५ वर्षीय बिमला खत्री र ५९ वर्षीय दत्तवहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुलही लिएर फर्किने क्रममा दुलाहाका आफन्त चढेको जीप दुर्घटना भएको हो ।