प्रधानसेनापति निरीक्षण भ्रमणमा

1049
views

काठमाडौं, २८ मंसिर । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पश्चिम पृतना हेर्डकवाटर, खैरनीटारस्थित नं. ३ बाहिनी अड्डा र सैनामैनास्थित श्री नं.२ तालिम गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले पृतना तथा तालिम गणहरुको स्थलगत बस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिएका थिए । थापाले पोखरास्थित श्री पश्चिम पृतना हेर्डक्वाटर र मातहतका युनिटहरुको समेत निरीक्षण गरेका छन् ।