प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर सिफारिश

697
views

काठमाडौं । संवैधानिक परिषद्को विहीवार सिंहदरवारमा बसेको वैठकले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको छ ।

न्यायपरिषद्मा प्रधान न्यायाधीश सिफारिशका लागि राणा र दीपकराज जोशीको नाम पठाएको थियो । परिषद् बैठकले राणालाई प्रधानन्यायाधीशका लागि छनौट गरी सिफारिशका गरिएको हो ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले यही पौष १७ गतेपछि अवकाश पाउँदै छन् । संसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गरेपछि उनी त्यही पुस १७ पछि प्रधानन्यायाधीश बन्नेछन् ।