कास्की बचत तथा ऋण सहकारी संघको साधारण सभा

925
views

सबिता शर्मा
पोखरा, १, पुस । कास्की बचत तथा ऋण हकारी संघको १८ औ साधारण सभा पोखरा १७ दोबिल्लामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बकैंका प्रबन्धक के.बि उप्रेतिले सहकारी ऐन २०७४ ले गरेका मुख्य ब्यबस्थाको जानकारी गराउदै सुधारात्मक पक्षहरुको टिप्पणी गरे ।

उनले सहकारी ऐनमा उल्लेख गरिएको आयकर सम्बन्धी ब्यस्थालाई आत्मसाथ गर्न सबै सहकारीलाई आग्रह गरे ।

कार्यक्रममा सहकारीको क्षेत्रमा अनुभव बटुल्दै आएका बिभिन्न व्यक्ति तथा सहकारी संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बखान सहकारी अवार्ड २०७५ बाट फेवा बहुउदेश्यिय सहकारी सिर्जनाचोक पोखरा, राईफाईसन उत्कृष्ट सहकारी ब्यबस्थापक अवार्ड २०७५, पोखरा रोयल सहाकारीका ब्यबस्थापक मिलन ढकाल, एनईडिएसी उपाध्यक्ष पदमा निर्वाचित के.बि उप्रेती, पोखरा महानगरपालिकाको सहकारी ब्यबस्थापन समितिको सदस्य पदमा मनोनित भिम गुरुङ, जिल्ला सहकारी सघ कास्कीको अध्यक्षमा निर्वाचित रबिरमण तिवारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष सुदिप ढकाल, सचिव दिपक प्रकाश आचार्य, कोषाध्यक्ष नारायण प्रसाद अचार्य, लेखा समितिका संयोजक रुद्रनाथ पौडेलले संघको बार्षिक प्रतिबेदन प्रस्तुत गगरेका थिए ।

उक्त प्रतिवेदन सर्बसहमत रुपमा पारित भएको संघका कोषाध्यक्ष नारायण प्रसाद आचार्यले जानकारि दिए ।

संघका अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्वागत संघका उपाध्यक्ष भेषराज बराल र कार्यक्रमको सञ्चालन संघका सचिव दिपक प्रकाश आचार्यले गरेका थिए ।