काँग्रेस महासमिति सदस्यले थप प्रस्ताव राखे

961
views

काठमाडौं । ‘सम्पन्न नेपाली र सम्मृद्ध नेपालको लागि सुदृढ नेपाली काग्रेस’’ अभियानमा माहासिमितिका ९ सदस्यले आर्थिक, राजनीतिक र विधान सम्वन्धि थप प्रस्ताव राख्ने भएका छन् ।

प्रदेश नं १ बाट सुभाष पोखरेल, प्रदेश नं २ बाट रंजित कर्ण, प्रदेश नं ३ बाट रमेशकुमार महत, विनोद कायस्थ, नरोत्तम वैद्य, विनिता अिधकारी, प्रदेश नं ४ बाट नवराज गुरुङ्ग, प्रदेश–५ बाट निरञ्जन सिं सिजापती, प्रदेश नं ६ बाट राजिव विक्रम शाह, र प्रदेश नं ७ बाट भरत बहादुर खड्काका साथै जनसम्पर्क समिति जापानबाट चिरञ्जीवि थापाले थप प्रस्ताव राख्ने भएका हुन् ।

महासमिति सदस्यहरुको तर्फकाट ११ बुंदे थप प्रस्ताव राखिने भएको हो । उनीहरुले विधान संशोधन, काँग्रेसको राजनैतिक गन्तव्य, आर्थिक प्रतिवेदनमाथिको संशोधन, विगतमा भएका राजनीतिक घटनाक्रमको विवेचना सहितको प्रस्ताव तय गरेका छन् ।

थप प्रस्तावमा महासमितिका सदस्यहरुमध्ये नवराज गुरुङ्ग र निरञ्जन सिं सिजापतिले हस्ताक्षर गरेका छैनन् ।

प्रस्तावमा सन्त नेता कृष्ण प्रसद भट्टराईलाई काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार उठाउनु सही थियो कि थिएन भन्ने समिक्षा समेत नभएको उठाएका छन् ।