नवलपरासीमा सवारी दुर्घटना, एकको मृत्यु, २४ घाईते

491
views

रामकुमार श्रेष्ठ
नवलपरासी, ५ पुस । पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको डण्डा चोरमारा बीच जंगलमा विहीबार विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् । काँकडभित्ताबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट तल खसेको हो ।

बसमा सवार सबै घाइते भएका हुन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी भारतको महाराजगञ्जको नौतनावा बस्ने ३५ बर्षका गौरीशंकर धोवीको मृत्यु भएको हो ।

उनको बसले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि चोरमाराको प्राथमिक स्वास्थ्य चौकीमा राखिएका छ । बसले च्यापिएको उनको प्रहरीले निक्कै समय लगाएर शव झिकेको थियो ।

गम्भीर घाइते दुई जनाको भरतपुरमा र २ जनाको बुटवलमा उपचारका लागि पठाइएको छ । सामान्य घाइतेहरु केही मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि घर फर्किएका छन् भने करिब १० जनाको अझै मध्यविन्दु अस्पताल डण्डामा उपचार भईरहेको छ ।