इन्सिच्युटबाट सरकारी छाप र कागजातको दुरुपयोग

867
views

पर्वत, ५ पुष । सर्वसाधरणसँग मोटो रकम लिएर द्वन्द्वकालका कागजात बनाएर विदेश पठाउने देखी प्रहरी रिर्पोटसम्म तयार पार्ने गुनासा बढेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारका विभिन्न ईन्सिच्युटमा छापा मारेको छ ।

सरकारी छापको दुरुपयोग र कार्यालय प्रमुखको किर्ते हस्ताक्षर गर्ने गरेको जनगुनासो आउन थालेपछि प्रहरीले इन्सिच्युटमा छापा मारेको हो । प्रहरीले सदरमुकाम कुश्माबजारका एकदर्जन भन्दा बढि इन्सिच्युटमा छापा मारेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतको नामबाट सरकारी प्रमाणहरु बनाउने गिरोहलाई प्रकाउ गरेको जनाएको छ । ति ईन्सिच्युटहरुले सरकारी छाप र कागजात किर्ते गरी नागरिकता, विवाह दर्ता, मुत्यु दर्ता, बसाईसराई र वैदेशीक रोजगारमा जाने सरकारी कागजात बनाई विक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले छापा मारेका ईन्सिच्युटहरुकबाट ठुलो संख्यामा सरकारी छाप र नक्कली सरकारी कागजात बरामद गरिएको बताए । श्रेष्ठले बिहीवार मुद्दा दर्ता गर्ने जनाए ।

प्रहरी निरिक्षक राजन रायमाझीको विस्तृत अनुसान्धानपछि मात्रै नियन्त्रणमा भएका व्यक्तिको नाम र बरामद गरिएका समानको सार्वजनिक गरीने भएको छ ।